धनुषामा फेला पर्यो बेपत्ता ट्यांकर, २० हजार लिटर डिजेल गायब !

फाइल तस्विर 

मंसिर ४, काठमाडौं । दुई दिनदेखि बेपत्ता डिजलको ट्यांकर रित्ताे फेला परेकाे छ । अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्यांकर दुई दिनपछि धनुषाको थिरेश्वरनाथ नगरपालिका– १ मा रहेको राजदेवी मन्दिरको छेउमा पार्किङ गरिराखेको अवस्थामा रित्तै फेला परेको हो ।   

मंगलबार टंयाक्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरीको खोजीपछि रित्तै फर्किएको थियो। ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ बजे गायब भएको प्रहरीले जनाएको थियो। ट्यांकरका चालक भने मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए।   

Image result for डिजल ट्यांकर

चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेको बताएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खरेलले जानकारी दिए ।   

ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी भएको तथा थप अनुसन्धान भइरहेको उनले बताए ।   

उक्त ट्यांकरमा काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =