शहिद स्मृती क्याम्पस संचालक समिति बिस्तार, सबै राजनितिक छबिका व्यक्ती चयन

मंसिर ३, चितवन ।  राजनितिक भागवण्डामा अध्यक्ष चयन गरेको शहिद स्मृती बहुमुखी क्याम्पसको संचालक समिति बिस्तार गरिएको छ । सहमतीमा अध्यक्ष चयन भएपछि नवनियुक्त अध्यक्ष रामबाबु घिमिरेले मंगलवार उपाध्यक्षसहित सदस्यहरु मनोनित गरेका  हुन् ।  

मनोनित सदस्यसहितको पहिलो संचालक समिति वैठकले क्याम्पस प्रमुख तथा सहायक प्रमुख मनोनित गरेको हो । संचालक समिति र क्याम्पस प्रमुख तथा सहायक प्रमुखमा नेपाल कम्युनिष्ठ पार्टी ( नेकपा ) र नेपाली काँग्रेसले राजनितिक सहमती गरेका थिए ।  

जस अनुसार सोमबारको प्रथम क्याम्पस सभाले अध्यक्षमा काँग्रेस निकेटका घिमिरेलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्षले उपाध्यक्ष सहित सदस्यहरु चयन गर्न पाउने विधान छ । सोही अनुसार अध्यक्ष घिमिरेले उपाध्यक्षमा नेकपाका इश्वरी अर्याल मनोनित भएका छन् ।  

सदस्यहरुमा नेपाली काँग्रेसबाट रुपनराज घिमिरे, कुमार कार्की, सुजन थापा,प्रल्लाद सापकोटा तथा नेकपाबाट लोकराज भुषाल,विष्णु पौडेल र गोपीकृष्ण श्रेष्ठ मनोनित भएका हुन् । संचालक समितिले पूर्णता पाउन भने अझै बाँकी छ । कुल १९ सदस्यीय संचालक समिति रहने सो समितिमा पदेन सदस्यसहित अन्य सदस्यहरु चयन हुनेछन् ।  

त्यस्तै क्याम्पस प्रमुखमा नेकपा निकटका प्राध्यापक धर्मदत्त तिवारी तथा सहायक प्रमुखमा काँग्रेस निकटका नारायणबाबु श्रेष्ठलाई नियुक्ती दिईएको छ । संचालक समितिको वैठकले प्रमुख र सहायक प्रमुख नियुक्त गरेको अध्यक्ष रामबाबु घिमिरेले वताए । त्यस्तै वैठकले यसअघिका क्याम्पस प्रमुख राधा वालिकासहित ३ जना सहायक प्रमुखको राजिनामा समेत स्वीकृत गरेको छ ।  

 नवनियुक्त अध्यक्ष घिमिरेले सवैको सुझाव, सहयोग लिएर क्याम्पसको शैक्षिक,भौतिक,आर्थिक विकास गर्ने बताए । राजनितिलाई सकारात्मक रुपमा लिएर अहिलेको टिमको उर्जा खर्चने हो भने क्याम्पसको तीव्र विकास हुने उनको दावी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =