विवाहको त्यो पहिलो रात जसले प्रेमको परिभाषा बदलियो, जिन्दगी बर्वाद !

विवाहबारे संसारभरिका मानिसहरूबीच निकै उत्सुकता हुने गर्छ । तर संसारका केही भागमा विवाहसँग सम्बन्धित केही रीतिरिवाजले धेरैलाई शारीरिक र मानिसक पीडा खेप्न बाध्य बनाएको हुन्छ । उनीहरूको विवाहको पहिलो रात यसरी बित्छ कि जसका तिता यादले जीवन रहुञ्जेल उनीहरूलाई पछ्याइरहेको हुन्छ । 

थुप्रै अरब र मुस्लिम देशमा विवाहको पहिलो रात महिला कुमारी (भर्जिन) होस् भनेर आशा गरिन्छ । 

बीबीसी अरबीले समाजका विभिन्न तप्काबाट आएका यस्ता थुप्रै महिलासँग कुराकानी गरेर विवाहसँग सम्बन्धित यी परम्पराले उनीहरूको वैवाहिक जीवनमा कस्तो असर पारेको छ भनेर जान्ने कोसिस गरेको छ । यौन शिक्षाको कमीले उनीहरूको विवाहमा कस्तो प्रभाव पारेको छ भनेर पनि यहाँ जान्न खोजिएको छ । 

यो ती महिलासँग भएको कुराकानीको सङ्क्षिप्त अंश हो जसमा उनीहरूले विवाहको पहिलो रातले आफ्नो जीवन कसरी बर्बाद भएको बारे जानकारी दिएका छन् । 

३३ वर्षीय  सोमैयाले आफ्ना प्रेमी इब्राहिमसँग विवाह गर्नका लागि परिवारसँग लामो सङ्घर्ष गरेकी थिइन् । परिवार उनको इच्छाविपरीत थिए । तर सोमैया इब्राहिमलाई अत्यधिक माया गर्थिन् र उनलाई कुनै पनि युवतीका लागि आदर्श श्रीमानका रूपमा चित्रित गर्थिन् । 

तर सोमैयालाई अलिकति पनि अन्दाज थिएन कि उनले ठूलो झट्का पाउँदैछिन् । विवाहपछि इब्राहिमसँगको पहिलो रातमा यस्तै भयो । विवाहपछिको पहिलो रात वा सुहागरातलाई ‘प्रवेशको रात’ पनि भनिन्छ । त्यो रात सोमैयाको कुमारित्वमाथि उठेको प्रश्नले उनको मनबाट इब्राहिमका लागि अथाह माया सधैँका लागि हरायो । 

त्यतिबेला सोमैया २३ वर्ष मात्रै थिइन् । उनी सिरियाको राजधानी दमिस्कको युनिभर्सिटीमा अरबी साहित्य पढिरहेकी थिइन् । उनको डिग्री पूरा हुने स्थितिमा थियो । तर उनी इब्राहिमलाई असाध्यै माया गर्थिन् । इब्राहिमले पनि सोमैयासँग जेसुकै भए पनि उनलाई पढाइमा सहयोग गर्ने वाचा दिएका थिए । 

तर सुहागरातमा सोमैयालाई ठूलै झट्का लाग्यो । सोमैया विवाहको विभिन्न काम सिध्याएर राम्रोसँग सास पनि फेर्न पाइरहेकी थिइनन् उनका श्रीमानले उनलाई शारीरिक सम्बन्ध स्थापित गर्न दबाब दिन थाले । 

सोमैयाका श्रीमान् इब्राहिमलाई उनको कौमार्य परीक्षण गर्न हतार थियो । उनी यो मात्र थाहा पाउन चाहन्थे कि सोमैयाको योनीद्वारको झिल्ली ठीक अवस्थामा छ कि छैन । इब्राहिमले ‘यो त उनको सोमैयाप्रतिको प्रेम हो जसलाई पाउन उनी असाध्यै हतार भएको’ भन्दै आफ्नो नयाँ दुलहीलाई सम्झाए । 

सोमैया भन्छिन्, ‘म निकै थाकेकी थिएँ तर मैले सहयोग गरेँ । उनको जिद्दीपनको अगाडि म झुकेँ ।’ 

अचानक रोमान्स समाप्त भयो 

तर सोमैयाको ‘रोमान्टिक फिलिङ’ले त्यतिबेला हावा खायो जब यौन सम्बन्ध स्थापित गर्ने बित्तिकै इब्राहिमले ‘रगत त आएन’ भने । त्यसपछि सोमैयालाई लाग्यो कि उनका श्रीमानलाई उनको कुमारित्वमाथि शङ्का लागेको छ । इब्राहिमलाई यो लागिरहेको थियो कि उनकी श्रीमती कुमारी अर्थात् भर्जिन छैनन् । 

धेरैजसो यौन सम्बन्ध स्थापित गर्दा पहिलो पटक महिलाको रगत बग्छ । यसको मात्रा महिलापिच्छे फरक हुन्छ । यसको कारण हुन्छ, योनीमाथि भएको एउटा झिल्ली जसलाई हाइमेन भनिन्छ । 

तर डाक्टर र जानकारका अनुसार पहिलो पटक यौन सम्बन्ध स्थापित गर्दा सबै महिलाको रगत निस्कनै पर्छ भन्ने छैन किनभने हाइमेन पनि विभिन्न प्रकारका हुन्छन् । कतिपटक यो यति मोटो हुन्छ कि यसलाई काट्नै पर्छ । यस्तै, कुनै यति नाजुक हुन्छन् कि रगत नबगीकनै यो च्यातिने गर्छ । यस्तै, कति महिलाको योनीमा हाइमेन नै हुँदैन वा कुनै दुर्घटनाका कारण उनको योनीको यो झिल्ली बाल्यकालमा नै फाटेको पनि हुनसक्छ । 

सोमैया आफ्नो श्रीमानको प्रतिक्रियाबारे भन्छिन्, ‘उनको आँखाको छुरा मेरो छातीमा रोपिएको थियो । उनले यो थाहा नै पाएनन् कि त्यो नजरले मलाई कसरी घोचिरहेको छ भनेर ।’ 

सोमैया भन्छिन्, ‘इब्राहिमले मसँग कुरा गर्ने पनि कोसिस गरेनन् । मलाई यस्तो लागिरहेको थियो कि म सन्दिग्ध हुँ र ममाथि मुद्दा चल्नेवाला छ । विवाहअघि हामीले धेरै विषयमा चर्चा गरेका थियौँ । यहाँसम्म कि हामीले विवाहको पहिलो रातबारे पनि कुरा गरेका थियौँ, जुन हाम्रो जीवनको सबैभन्दा सुन्दर रात हुनुपथ्र्यो । हामीलाई यस्तो लाग्थ्यो कि हामी एक–अर्कालाई राम्रोसँग चिन्छौँ तर जब सुहागरातमा रगत निस्किएन तब सबै माया हावामा बिलायो ।’ 

यद्यपि, सोमैया  जुन समाजकी थिइन् त्यहाँ यस्तो कुरा सामान्य हो । तर सोमैयालाई अलिकति पनि अन्दाज थिएन कि उनी आफैँ पनि यस्तो परिस्थितिबाट गुज्रनु पर्नेछ । सोमैयालाई लाग्थ्यो कि नयाँ पिढीको यस्तो विषयप्रति दृष्टिकोण परिवर्तन भएको छ । उनका भावी श्रीमान् पनि बुद्धिमान छन्, खुला विचारधाराका छन् र उनले विश्वविद्यालयमा पढेका छन् । 

तर विवाह भएको भोलिपल्ट इब्राहिमले सोमैयालाई जब कुमारित्व परीक्षणका लागि डाक्टरकोमा जानुपर्ने बताए तब उनी छाँगाबाट खसेझैँ भइन् । 

महिलाको कुमारित्व परीक्षण निकै पुरानो परम्परा हो । तर यसको उद्देश्य र कुमारित्व परीक्षण गर्ने तरिका दुवै हरेक स्थान र समाजको हिसाबले भिन्न हुन्छ । 

धेरैभन्दा धेरै रुढिवादी परिवारमा कुनै महिलाको विवाह भएको राति उनको कुमारित्व प्रमाणित भएको उत्सव निकै धुमधामका साथ मनाइन्छ । उदाहरणका लागि दुलहा र दुलहीको परिवारलाई रगत लत्पत्तिएको तन्ना देखाइन्छ । थुप्रै पटक कुमारित्व प्रमाणित हुँदा विशेष उत्सव पनि मनाइन्छ । 

यस्तै, कुमारित्वको प्रमाण हासिल गर्ने विभिन्न तरिका प्रचलित छन् । यदि कुनै युवतीको योनीको झिल्ली फाटेको छ भने त्यसलाई शल्यक्रियामार्फत् पुनः सिलाउन सकिन्छ । त्यसपछि चीनमा बनेको प्रोस्थेटिक हाइमेन पनि आउँछ । जब यौन सम्बन्ध स्थापित गर्नेबेला तीमाथि दबाब पर्छ तब त्यसबाट रगत जस्तो देखिने रातो पदार्थ बाहिर निस्कन्छ । 

तर, महिलाले भिन्न प्रकारको स्थितिको पनि सामना गर्नुपर्ने सम्भावना हुन्छ । यदि उनीहरूको विवाहको दिन कुमारित्व प्रमाणित भएन भने उनीहरूको सम्मानको नाममा हत्या पनि हुनसक्छ । 

सेक्ससँग घृणा लाग्न थाल्याे 

विवाहको भोलिपल्ट सोमैया र उनका श्रीमानले डाक्टरलाई भेटे । परीक्षणपछि सोमैयाको हाइमेन निकै मोटो भएको र उनले प्राकृतिक रूपमा बच्चा जन्माउँदा मात्रै यो फुट्ने बताए । यो सुनेर सोमैयाका श्रीमानले राहतको सास फेरे र उनको अनुहारमा मुस्कान छायो । तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो  । सोमैयाले इब्राहिमसँग जतिसक्दो चाँडो सम्बन्धविच्छेद गर्ने निर्णय गरिसकेकी थिइन् । 

सम्बन्ध विच्छेदका लागि किन यति धेरै समय लाग्यो भन्ने प्रश्नमा उनले भनिन्, ‘मेरा श्रीमान् मेरा लागि पूर्ण रूपमा अपरिचित जस्ता भइसकेको थिए । उनको सोच पनि समाजका अन्य व्यक्तिको जस्तै छ भनेर म असाध्यै चिन्तित भइसकेकी थिएँ । उनी पनि कुमारित्व बारे त्यही सोच राख्ने जो अरू व्यक्तिले सोच्छन् । जे पनि हुनसक्थ्यो । म अब उनीसँग बसेर आफूलाई सुरक्षित महसुस गर्दिनथेँ । उनले वर्षौंको प्रेमलाई केही मिनेटमा नै हत्या गरिदिएका थिए ।’ 

केहीबेर चुप लागेपछि सोमैया थप्छिन्, ‘वास्तविकता यो थियो कि मैले आफ्नो स्थितिको कसरी विश्लेषण गर्ने भन्ने पनि थाहा थिएन । म त्यो रातपछि उनीबारे कस्तो महसुस गर्दथेँ । तर जब उनले मेरो अस्तित्वलाई एक झिल्लीसँग सीमित गरे त्यो दिनदेखि मेरा लागि उनीसँग एक पल बिताउनु पनि अभिशाप जस्तो भएको थियो । आखिर म एक व्यक्ति हुँ, मांशपेशीको डल्लो त होइन ।’ 

त्यो दिनपछि सोमैयाको चैन खोसिएको थियो । उनले मानिसहरूलाई भेट्न छोडिदिएकी थिइन् । उनी कतै पनि जाँदिनथिन् । उनलाई लाग्थ्यो कि उनी कुनै साधारण महिलाको जस्तो जीवनयापन गरिरहेकी छिन्, जहाँ श्रीमती आफ्नो श्रीमानको सहमतीबिना कमजोर हुन्छिन् । उसको आफ्नै कुनै पहिचान हुँदैन ।   

त्यसको तीन महिनासम्म उनले मन नलागे पनि इब्राहिमसँग यौन सम्बन्ध स्थापित गरिरहिन् । सोमैया भन्छिन्, ‘जब उनले मसँग यौन सम्बन्ध स्थापित गर्दथे तब मलाई निकै घिन लाग्थ्यो । मलाई ऊ मनपर्दैनथ्यो । मलाई केही पनि महसुस हुँदैनथ्यो किनभने मेरो सबै उत्साह सुहागरातमा नै समाप्त भइसकेको थियो । उसले आफ्नो काम कहिले सिध्याउला भनेर म प्रतीक्षा गरिरहेकी हुन्थेँ । उसले मलाई कहिले छोड्ला भनेर सोच्थेँ । ऊसँग यौन सम्बन्ध स्थापित गर्न मलाई घिन लाग्थ्यो, धोका हो जस्तो लाग्थ्यो । मेरा लागि यो एउटा काम थियो । एउटा जिम्मेवारी थियो, जुन जुनसुकै हालतमा पनि निभाउनु पर्दथ्यो । यो प्रेम थिएन ।’ 

सोमैया जुन समाजसँग सम्बन्धित छिन् त्यहाँ यस्तो कुरा साधारण हो । तर यस्ता विवाहबाट जन्मिने बच्चा र परिवारमाथि यस्ता कुराले निकै असर पार्छ । विशेषगरी जब यस्ता मसलामाथि खुल्ला रूपमा चर्चा हुँदैनन् । 

अमल अल–हामिद एक मनोचिकित्सक हुन् । उनले बीबीसीसँग यसबारे कुरा गरिन् र विवाहको रात कुनै युवतीको हालत कस्तो हुन्छ भनेर जानकारी दिइन् । 

अमलले विशेषगरी विवाहको तयारीमा भएका युवतीलाई अनावश्यक तनाव पैदा नहोस् भनेर सल्लाह दिन्छिन् । अमल भन्छिन्, ‘हाम्रो समाजमा साधारणतया मनोवैज्ञानिक सल्लाह लिइँदैनन् किनभने यसबारे विभिन्न प्रकारका पूर्वाग्रह छन् ।’ 

अमल अल–हामिदका अनुसार विवाहअघिका यस्ता सर–सल्लाहले विवाहित जीवनको सुरुवात तितो तरिकाले सुरु हुँदैन । किनभने कुनै पनि विवाहित जीवनको आधार एकअर्कासँग खुलेर कुरा गर्ने र समझदारीले राम्रो हुन्छ । 

अमल भन्छिन्, ‘विवाह गर्ने जोडीले विवाहअघि एकअर्काको काम बारे जानकारी लिने र चाहे जतिसुकै निजी किन नहोस्, त्यसबारे सोध्नुपर्छ । जस्तै, हाइमेनका विभिन्न प्रकार र पहिलो पटक यौन सम्बन्ध कसरी स्थापित गर्ने भन्ने बारे कुराकानी गर्नै पर्छ । यसो गर्नाले युवतीले जीवनभरी घाउ बोक्न पर्दैन । तर वास्तवमा यसको ठीक विपरीत हुन्छ । महिलाका लागि विवाहको पहिलो रात जीवनको सबैभन्दा डरलाग्दो रात बन्ने गर्छ ।’ 

अमल भन्छिन्, ‘धेरै मामलामा यस्ता समस्या सुल्झाउनुको साटो, घाउ बढ्न दिइन्छ जुन भविष्यमा थप समस्याको कारण बन्ने गर्छ । 

त्यहाँ न प्रेम बाँकी रह्यो न जुनुन 

विवाहको केही महिनापछि सोमैयाले आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गर्ने इच्छा व्यक्त गरिन् । साथै उनले कुनै पनि कुराले उनको निर्णय परिवर्तन नहुने पनि बताइन् । किनभने उनलाई इब्राहिम वरिपरि जानु नै आफ्नो ज्यानको खतरा भएको लाग्थ्यो र पहिलो रातमा जे भयो त्यसपछि उनीहरू दुईबीच न प्रेम बाँकी थियो न एक अर्काको लागि प्यासन नै । 

सोमैयाले उनको शङ्काले आफ्नो भूमिकालाई कसरी तल्लो स्तरको देखाएको र अपमान गरेको पनि उनले बताइन् । 

सोमैया भन्छिन्, ‘मेरो कुराले इब्राहिमलाई ठूलै झट्का लागेको थियो । उसलाई यो लाग्थ्यो कि पुरुष भएको नाताले श्रीमतीलाई विवाहअघि यौन सम्बन्ध थियो थिएन भनेर सोध्नु आफ्नो अधिकार हो । उनले मलाई जीवनभरी सम्बन्धविच्छेद नदिने पनि बताएका थिए । उनले मलाई आफ्नो निर्णयबारे सावधानीपूर्वक विचार गर्न र आफ्नो विद्रोही व्यवहारबारे पुनः सोचविचार गर्न पनि भने ।’   

सोमैया भन्छिन्, ‘हाम्रो समाज निकै घिनलाग्दो छ जहाँ पुरुषले विभिन्न महिलासँग सम्बन्ध बनाउनु पनि राम्रो मानिन्छ, उनीहरूको जताततै तारिफ हुन्छ । जब महिलाको कुरा आउँछ तब यस्तो व्यवहारलाई समाजले अस्वीकार गर्छ । कतिपटक यसको सजाय हत्याको रूपमा पनि दिने गरिन्छ ।’ 

‘मेरो पूर्व श्रीमान् यस्तै व्यक्ति थिए । उनले आफ्ना साथीहरूलाई आफूले थुप्रै महिलासँग यौन सम्बन्ध स्थापित गरेको भनेर गर्व गर्दथ्यो । तर मैले ठट्टा गर्दा पनि रिसले रन्थनिन्थ्यो’, सोमैया भन्छिन् ।   

सोमैयाका परिवारले पनि इब्राहिमसँग सम्बन्धविच्छेद गर्न उनलाई मद्दत गर्न अस्वीकार गरे । उनीहरूका अनुसार उनले जसलाई ठूलो मसला बनाइरहेकी छिन् त्यो निकै सानो भएको र त्यसलाई सुल्झाउन सकिन्छ । त्यसपछि सोमैयाले सिरिया छोडिन् र युरोप गइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =