आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

मंसिर ११, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । 

रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले मंसीर १० गते देखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको छ । 

विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट (हाल सनराईज क्यापिटल) २ बर्ष, युनाईटेड इन्स्योरेन्स कम्पनीमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्स लिमिटेडमा ८ बर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंक (हाल जनता बैंक)मा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ बर्ष कार्य गरेको अनुभव रहेको छ ।   

null

बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको शुक्ष्म अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा शुरु गरी गरेका हुन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =