प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्तिबारे निर्वाचन आचारसंहिताको बुँदामा उल्लेख छैनः निर्वाचन आयोग

२० कात्तिक, काठमाडौं । प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचार संहिता विपरीत नरहेको  निर्वाचन आयोगले जनाएको छ । यसो भएपनी आयोगले यसलाई गम्भिर रुपमा लिएको जानकारी गराएको छ ।   

बुधबार निर्वाचन आयागले गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्ति गर्न नहुने भनेर निर्वाचन आचारसंहिताको बुँदामा उल्लेख नभएको बताउँदै आचारसंहिता उल्लंघन भयो भन्न नमिल्ने बताए । 

उनले आचारसंहितको कुनै पनि बुँदामा मन्त्रिपरिषद पुनर्गठन र प्रदेश प्रमुखहरुको नियुक्ति गर्न नहुने नभनिएको बताए ।हालसासै नेपाली कांग्रेसले सरकारले प्रदेश प्रमुखहरुको पदमुक्ति र नियुक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आपत्ति जनाएको थियो । 

Image result for निर्वाचन आयोग

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *