आज कात्तिक २६ गते मंगलबार यस्ताे छ यहाँकाे राशिफल र आजको पञ्चाङ्ग

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ कात्तिक २६। मंगलबार। इ.स. २०१९ नोभेम्बर १२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। पूर्णिमा, १९:०४ उप्रान्त प्रतिपदा। नक्षत्र– भरणी, २१:५० बजेउप्रान्त कृत्तिका। योग– व्यतीपात, १२:२२ बजेउप्रान्त वरियान्। करण– भद्रा, ६:३३ बजेदेखि वव, १९:०४ बजेउप्रान्त वालव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मेष, २८:१० बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:२३ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २७ घडी १ पला। पूर्णिमा व्रत। कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति। 

  

null

आज मंगलवारको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटावपनि रहला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधापनि आउनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रुपनि क्षय होलान् । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । रोमाञ्चक यात्रापनि होला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानिपनि हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =