किर्तिमानी खेलाडी गौरिका सिंहलाई सपोर्ट गर्दै बन्यो गीत (भिडियो सहित)

मंसिर ६, काठमाडाैं । सन् २०१६ रियो ओलम्पिककी कान्छि खेलाडी गौरीका सिंह १३ औं सागमा स्वर्ण आश गरिएकी खेलाडी हुन् ।   

राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा थुप्रै रेकर्ड बनाउन सफल गौरिकाले यसपटक स्विमिङमा नेपाललाई स्वर्ण जिताउने गरी तयारी पनि गरिरहेकी छिन् । गौरिकाले भर्खरै सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा १२ स्वर्ण जितेर किर्तिमान राखेकी थिइन् । 

उनै गौरिकालाई हौस्याउन तिलस्मी खड्काले गीत नै गाएकी छिन् । ललितकला क्याम्पसमा ब्याचलर गर्ने तरखरमा रहेकी तिलस्मीले ‘हिप हिप हुर्रे गौरिका’ बोलको गीत गाएकी छिन् ।   

राजधानीकै गोल्डेनगेट कलेजबाट कक्षा १२ को पढाइ सकाएकी तिलस्मीले गौरिकाको ट्यालेन्ट देखेरै उनलाई सपोर्ट गरेको बताएकी छिन् । सर्लाही हरिवनकी तिलस्मीको रुचि गीत संगित नै हो ।   

तिलस्मीले गाएकी गीत भने उनका बुबा योगाजले लेखेका हुन् । उनी आफैं गायक र गौरिकाको समेत फ्यान हुन् । छोरीका लागि यो गीत लेखेका हुन् ।   

गायिका तिलस्मीले यो गीतले गौरिकालाई प्रोत्साहन दिने बताएकी छिन् । गीतको म्युजिक भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका छन् । म्युजिक भने डिजे एलएक्सको छ ।   

हेर्नुहोस भिडियो   

https://youtu.be/jC3hx_fQio0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =