प्रचण्ड भन्छन्– अब दलित, जनजाति र मधेसीलाई प्रधानमन्त्री बनाउँछौं
२०७६ मंसिर १२ गते

मंसिर १२, धरान । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब महिला, दलित, जनजाति र मधेसीलाई प्रधानमन्त्री बनाउने बताएका छन् ।
बुधबार चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले भने, ‘अब महिला, दलित, जनजातिलाई प्रधानमन्त्री बनाउँछौँ । जसरी राष्ट्रपति महिला हुनुभएको छ, उपराष्ट्रपति जनजातिबाट, मगर समुदायबाट हुनुभएको छ, भोलि प्रधानमन्त्री पनि त्यसैगरी समावेशी मान्यताबाट बनाउने काम नेकपाले नै गर्छ ।’

अहिले कसलाई प्रधानमन्त्री बनाउने भन्ने नाम भने लिन नसकिने उनको भनाइ छ ।
‘अहिले नाम लिन त सक्दिनँ । तर, मेरो दिमागमा चाहिँ को–को प्रधानमन्त्री लाइनमा छन् भन्ने छ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ।
२०७६ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित








