अज्ञात समूहद्वारा पार्किङमा राखेकाे बसमा आगजनी

कार्तिक २५, घोडाघोडी  ।  कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आइतवार राति आगजनी गरेको छ। 

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए।  

दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए। रासस 

पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले गरे आगजनी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =