भारतीय मेलोडी किङ् लता घर फर्किइन्
२०७६ कार्तिक २६ गते

कात्तिक २६, काठमाडौं । गायिका लता मंगेशकर अस्पतालबाट घर फर्केकी छिन् । यसै वर्ष ९० वर्ष लागेकी चर्चित बलिउड गायिका लता सोमबार बिहान सास फेर्न गाह्रो भएपछि अस्पताल गएकी थिइन् । उनी हिजो साँझ नै अस्पतालबाट घर फर्केकी हुन् ।
उनलाई सोमबार बिहान २ बजे मुम्बई स्थीत ब्रिचक्याण्डी अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । मुम्बई मिररका अनुसार घरमै राखेर उपचार गर्दा हुने अवस्था भएपनि अस्पताल नजिक भएकाले उनलाई भर्ना गरिएको थियो ।
पत्रिकाका अनुसार गायिका मंगेशकरको अवस्था हाल स्थिर रहेको र क्रमिक सुधारोन्मुख भइरहेको लेखेको छ । लता भारतीय सांगितिक क्षेत्रमा विश्व रेकर्डधारी गायिका हुन् । लतालाई भारतमा क्विन अफ मेलोडी समेत भनिन्छ । उनले २४ हजार भन्दा बढि गीतमा सुमधुर स्वर दिएकी छिन् ।

२०७६ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








