मलेसियामा नेपालीको मृत्यु

कात्तिक २२, काठमाडौँ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।  मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत मजदुर नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोल घर भएका ३२ वर्षीय प्रमोद भिनवार यादव रहेका छन् ।   

दुई वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका यादवको ड्युटीमा जान तयार भइरहेका बेला एक्कासी बेहोस भएर ढलेपछि मृत्यु भएको  पारिवारिक स्रोतले जनाएको छ  ।   

मृतकको शव मलेसियामै रहेको छ । शव नेपाल ल्याइदिन नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई मृतक यादवका परिवारले आग्रह गरेका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =