चितवनमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

कात्तिक २८, काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलविरेमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान २ः३० बजे नारायणगढबाट मुग्लिन जादैँ गरेको बा १० च ४४१३ नं को बोलेरो र विपरीत दिशा तर्फ आउदैँ गरेको बा ६६ प २९६५ नंको मोटरसाईकल एक आपसमा ठोकिन पुग्दा भरतपुर महानगरपालिका–६ बस्ने वर्ष ३० का रोसन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

सापकोटाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा बिहान ३ः१८ बजे मृत्यु भएको हो । बोलेरो ईलाका प्रहरी कार्यलय मुग्लिनको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =