जिल्ला समन्वय समितिको गाडीको ठक्करबाट एकको मृत्यु
२०७६ कार्तिक २६ गते

कार्तिक २६, सुनसरी । मंगलबार जिल्ला समन्वय समिति उदयपुरको स १ झ २६८ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ अर्का एक व्यक्ति घाईते भएका छन् ।
सुनसरीको कोसी गाउँपालिका–४ मा आज बिहान साढे ९ बजे उक्त गाडीले ठक्कर दिँदा को३०प ५३०१ नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको हो भने अर्का व्यक्ति घाईते भएका हुन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल पछाडी बस्ने झापाको पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेका छन् भने घाइते हुनेमा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–१० का ३० वर्षीय योगेश कुमार धिमाल रहेका छन् ।

मोटरसाइकललाई ठक्कर दिने उक्त गाडी सहित चालकलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








