पेस्तोल र विस्फोटक पदार्थसहित १६ पक्राउ

कार्तिक २४, बाजुरा । प्रहरीले बाजुरामा  पेस्तोल र विस्फोटक दार्थसहित १६ जनालाई पक्राउ गरेको छ ।   

बाजुराको गौमूल गाउँपालिका ३, माझापालीबाट रोल्पा गंगादेव गाउँपालिका ३ जिनावाङका ५२ वर्षीय चूडामणि ओलीलगायत १६ जनालाईे पक्राउ गरेपनी प्रहरीले ओलीको मात्र नाम सार्वजनिक गरेकाे हाे ।   

प्रहरीका अनुसार उनीहरुलाई  शुक्रबार दिउँसो नै पक्राउ गरेकाे हाे । तर नाम सार्वजनिक भने आईतबार मात्र  गरिएको हो । पक्राउ परेका उनीहरु नेत्र विक्रम चन्द विप्लव समूहका हुनसक्ने प्रहरीको आशंका छ ।   

Image result for पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट एउटा पेस्तोल, तीन राउन्ड गोली, फलामको खाली सकेट एक थान, २२ सय ग्राम बारुद, एउटा प्रेसरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर आठ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैँची तथा सैन्य तालिमसम्बन्धी कागजात फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भइरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *