विप्लबले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने (यस्तो छ कार्यक्रम)

कात्तिक २०, काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने भएको छ । विप्लव समुहले भारतीय रवैया प्रति चर्को विरोध जनाउँदै एक हप्ते संघर्षका कार्यक्रम समेत सार्वजनिक गर्दै मोदीको पुत्ला दहन गर्ने भएको हो । 

भारतले सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग परेको भन्दै विप्लव समूहले मसाल जुलुसदेखि भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउने सम्मका कार्यक्रम सार्वजनिक गरेको छ । 

महासचिव विप्लवले आज बुधबार विप्ति जारी गर्दै कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने भनेको छ । त्यसको भोलिपल्ट २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बिरोध पत्र दिने कार्यक्रम समेत राखिएको छ । जारी विज्ञप्ति अनुसार २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने र २५ गते प्रदर्शन गर्ने कार्यक्रम छ ।   

भारतले सार्वजनिक गरेको नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको भूभागलाई भारतीय भूभाग भनिएको छ ।   

यसअघि नेपाली कांग्रेस, मोहन बैद्य समुहले समेत भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै बिरोध जनाएका छन् । केही विद्यार्थी संगठनहरूले समेत प्रर्दशन गर्ने बताएका छन् ।   

सरकारले यो विषयमा अझैपनि धारणा सार्वजनिक नगरेको भन्दै विरोध भइरहेको छ । कतिपय दलहरुका शिर्षस्थ नेताहरुले सरकारकै आलोचना गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *