गरिमा विकास बैंकको १३ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

मंसिर १०, काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते आफ्नो १३ बार्षिकोत्सवमा देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान,सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त स्थानहरुमा भएको रक्तदान कार्यक्रबाट ५०० युनिट भन्दा बढी रगत संकलन भएको छ । विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तर दायित्व मुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन ।








