भिटेनको र्‍यापमा यस्तो छ चलचित्र सरौतोकाे प्रमोशन गीत

कार्तिक २४, काठमाडौँ । नेपालका चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ले स्वर दिएको नेपाली चलचित्र सरौतोको प्रमोशन गीत सार्वजनिक गरिएको छ । 

भिटेनकै शब्द तथा संगीत रहेकाे  तीन मिनेटको उक्त गीनमा भिटेनलाई पनी देख्न पाईन्छ । उक्त गीतको भिडियोमा भिटेनसँगै यस चलचित्रका मुख्य पात्र सुमी मोक्तान, विजय लामा लाई पनि देखाईएको छ ।   

युवा पुस्ताका निकै प्रिय हुन सफल भएका भिटेनका यो नेपाली चलचित्रमा पहिलो गीत हुनु हो । केही समय अघी  समाजमा अश्लिलता फैल्याएको आरोपमा पक्राउ परेका भिटेनको यस गीतले भने अन्यायको  बिरुद्धमा डटेर प्रतिवाद गर्नुपर्छ भन्ने जस्ता  सन्देश  दिएको छ । 

डेब्यु निर्देशन हरि हुमागाईं द्वारा निर्देशित यस चलचित्रको प्रमोशन गीत थिम अनुसार  तयार पारिएको निर्देशक हुमागाईंले बताए ।  मंसिर १३ गतेलाई प्रदर्शन मिति तोकिएको यस चलचित्रको ट्रेलर सार्वजनिक भएपछी एक्शन रुपमा देखाईएकी नायिका सुमीको धेरै दर्शकले प्रशंसा गर्न भ्याएका थिए  ।   

चलचित्रमा सुमी र बिजयको साथै  सन्नी सिंह, लियो ट्याङ्क, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमको भूमिका रहेको छ ।   

चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेको छ ।  यस चलचित्रम काठमाडौं, सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । 

https://youtu.be/msHlhtJ7Wmg 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *