बस र टेम्पो ठोक्किँदा ७ को मृत्यु
२०७६ कार्तिक २८ गते

कार्तिक २८, भारत । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।
यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
‘घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,’ स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले सञ्चारकर्मीहरुसँगभने । एजेन्सी

२०७६ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








