अष्ट्रेलियमा नेपाली दाम्पतीबीच झगडा हुँदा श्रीमानको मृत्यु

मंसिर ८, अष्ट्रेलिया । शनिबार साँझ अष्ट्रेलियामा एक नेपाली दम्पतीबीच झगडा हुँदा श्रीमान् काे मृत्यु भएको छ भने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ ७ः३० मा सिड्नीको ग्रा’नभिलमा उक्त दाम्पतीबीच झगडा हुँदा श्रीमान् काे मृत्यु भएको हो भने उनको श्रीमतीलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
मृत्यु हुनेमा बुटवलका ३४ वर्षिय सन्तोष गौतम रहेको गैरआवासिय नेपाली सं’घ अष्ट्रेलियाका उपाध्यक्ष दे’व गुरुङले पु’ष्टी गरेका हुन्

र साँझ ७ः३० बजे ग्रानभिलको ब्याकसेल स्ट्रिटमा घाईते अवस्थामा श्रीमान् श्रीमती दुवैलाई भेटिएको थियो भने गम्भिर घाईते भएका उनका सन्ताेषकाे उपचारको क्रममा सिड्नीस्थित वेस्टमिड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा घाइते भएकी उनको श्रीमतीको उपचारपछी घ’टना गराएको आशंकामा प्रहरीले पक्राउ गरिको हो ।
घटनाको प्रकृती हेर्दा धारिलो हतियार प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ । यस घटनामा मृत्यु भएका सन्तोष स्थानीय क्रिकेट क्लबका खेलाडी हुनुका साथै सिड्नीको टेफ कलेजबाट अटोमोटिभ विषयमा पढाइ सकेपछि ग्रानभिलमा गाडी मर्मत गर्ने वर्कशम सञ्चालन गर्दै आएका थिए ।
हत्याको आरोपमा पक्राउ परेकी उनको श्रीमतीलाई आज बिहान अदालतमा पे’श गरिएकोमा अदालतले उनलाई ध’रौटीमा छो’ड्न अ’स्वीकार गरी थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । मुद्दाको अर्को सुनुवाई आगामी नोभेम्बर २८ तारिखमा हुनेछ ।








