अर्घाखाँचीमा कार दुर्घटनाः तीनको मृत्यु दुई घाइते

कार्तिक २०, अर्घाखाँची । बुधबार बिहान अर्घाखाँचीमा एक प्राईभेटकार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।   

प्रहरीका अनुसार ५ जना सवार उक्त कार आर्घाखाँची गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको नरपानीमा आज बिहान ९ बजे दुर्घटना हुँदा तीन जनाको मुत्यु हुनुको साथै दुई जना घाइते भएका हुन् ।   

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको साे कार चालकले नियन्त्रणमा लिन नसक्दा सडक देखी करिब  सय मिटर तल खसेर दुर्घटना हुन पुगेको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी   प्रकाश विष्टले जानकारी दिएका छन् । 

unn.prixa.net

घाइते भएकाहरुकाहरुलाई स्थानिय र प्रहरीको  सहयोगमा  उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको डिएसपी विष्टले  बताए । उक्त दुर्घटनामा परी २ जना पुरुष १ जना महिलाको मृत्यु भएको छ भने उनीहरुको पहिचना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे बिस्तृत बिवरण आउन बाँकी नै रहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *