तालिमको बहानामा उच्च कर्मचारीको विदेशमा मस्ती

कात्तिक २३, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कर्मचारी प्राविधिक तालिमको नामा विदेश घुमघाममा मस्त रहेको पाइएको छ ।   

मास स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिमको नाममा सम्बन्धित फाँटभन्दा फरक र मन्त्रालयका उच्च तहका कर्मचारी नै विदेश भ्रमणको चाजो मिलाएर घुमघामा व्यस्त रहेको पाइएको हो  । 

लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा प्राविधिक जानुपर्नेमा मन्त्रीका पिए,  मन्त्रालयका असम्बन्धित फाँटका उच्च तहका कर्मचारी आफैँ गएका हुन् ।  

null

स्रोतका अनुसार मन्त्रालयका प्रवक्तासमेत रहेका प्रशासन महाशाखाका सहसचिव राजेश्वर ज्ञवाली र यातायात व्यवस्था  विभागका महानिर्देशक गोगनबहादुर हमाललगायतका उच्च अधिकारी विदेश भ्रमणमा रहेका छन् । यो समाचार आजको राजधानी दैनिकको फ्रन्ट पेजमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =