पञ्चाङ्ग र राशिफलः यसरी बित्ने छ तपाईँको दैनिकी

मंसिर १२, काठमाडौँ । वि.सं. २०७६ मंसिर १२। बिहीबार। इ.स. २०१९ नोभेम्बर २८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। द्वितीया, १९:१२ उप्रान्त तृतीया।
नक्षत्र– ज्येष्ठा, ९:२३ बजेउप्रान्त मूल। योग– धृति, १८:५१ बजेउप्रान्त शूल। करण– वालव, ७:२९ बजेदेखि कौलव, १९:१२ बजेउप्रान्त तैतिल। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– वृश्चिक, ९:२३ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ७ पला।
तनपाईँको आजको राशिफल
null
मेषआफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । मुद्दा मामिला आइलाग्नेछ, तर लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।
वृषमनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।
मिथुनसुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कर्कटसामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
सिंहबैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ, तर आफन्तको सहयोग प्राप्त हुनेछ ।
कन्याप्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।
तुलाधार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।
वृश्चिकलगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुस्टि मिल्नेछ ।
धनुमन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रिनेछ । अनावश्यक झमेलामा परिएला, तर विश्वास गरेकाले साथ दिनेछन् ।
मकरशुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
कुम्भबित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
मीनआफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला ।








