काभ्रेमा बस दुर्घटना, २० यात्रु घाइते

कार्तिक २५, काभ्रे । बनेपाबाट नेपालथोक जाँदै गरेको बा४ख ३३१९ नम्बरको बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् ।   

सोमबार नमोबुद्ध नगरपालिका वडा नम्बर २ स्थित सडकमा बस दुर्घटना हुँदा बसमा सवार २० यात्रु घाइते भएका हुन् । बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।   

सबै यात्रुको सकुसल उद्धार गरिएको  जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =