राजधानीमा १७ औं हस्तकला व्यापार मेला हुने

कात्तिक २०, काठमाडौं । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिर १२ देखि १६ गतेसम्म राजधानीमा  हुने भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परि सङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।   

महासङ्घले पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको जानकारी दिएको छ । नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको  व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यमबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले बताए ।   

मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता रहनेछ । भने, भारत, चीन, अमेरिका, जापानलगायत  युरोपका विभिन्न मुलुकका २० भन्दा बढी स्टल रहनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् ।   

पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्य, नेपाल सरकार व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनाल, महासङ्घका उपाध्यक्ष तथा १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्य, महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यलगायतले मेलाको फाइदाका बारेमा बोलेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =