पर्सामा गोली हानाहान

मंसिर २, पर्सा । सोमबार बिहान पर्सामा काठ तस्कर समूह र वन गस्ती टोलीबीच  गोली हानाहान भएको छ ।   

डिभिजनल वन कार्यालय पर्सा मातहत रहेको ९राष्ट्रिय वन क्षेत्र० वर्मीनार र मनवाको क्षेत्रमा तस्कर र गस्ती टोलीबीच गोली हानाहान भएको हो । 

डिभिजन वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठका अनुसार साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्करले सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती लाई एक राउण्ड गोली फायर गरेपछि जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको हो ।   

Image result for गोली हानाहान

बिहान करिब २ बजेरित गोली हानाहान भएपनि तस्करहरु भने भाग्न सफल भएका छन् ।  वन गस्ती टोलीका अनुसार गोलीहानाहान भएको उक्त स्थानबाट चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो फेला पारिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =