फरवार्डले घरमै आएर कर्जा रकम मिनाहा गरिदिए पछि नितुको परिवारलाई राहत

मंसिर २, धनगढी । सुदुरपश्चिम कैलालीको धनगढी आर्थिक, शैक्षिक क्षेत्रको हिसाबले विपन्न समुदायको बाहुल्यता भएको क्षेत्र हो । सामान्यतय कृषि, पशुपालन र स–साना ब्यवसाय गरेर जिवन यापन गर्नेहरुको संख्या धेरै छ । त्यस्तैमा थिइन् नितु रोक्का (३६) । 

श्रीमान, एक छोरा एक छोरी सहितको नितुको परिवारलाई खेती किसानी र बनिबुतो गरेर खान धौधौ थियो । गाउँ छर छिमेकका धेरै महिला दिदिबहिनीहरुले फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तिय संस्थाबाट विना धितो सामुहिक जमानीमा कर्जा लिएर उद्यमशिल भएको देखेपछि उनलाई पनि फरवार्डमा आबद्ध भएर केहि गर्ने हौसला मिल्यो । अनी श्रीमानकै सल्लाहमा दुइ वर्षअघि फरवार्डको समुहमा आबद्ध भइन् र फरवार्ड मार्फत गत असोज १५ गते भैसी पालनका लागि सामुहिक जमानीमा विना धितो ८० हजार कर्जा लिइन् । उनी त्यहि कर्जाको सदुपयोग गर्दै भैसी पालन गर्दै थिइन् । तर, कात्तिक १९ गते उनीहरुको परिवार विपत्ति आइलाग्यो । ३६ वर्षिय नितुको अकस्मात निधन भयो । 

सामान्य खेती किसानी गरेका परिवारलाई परिवारकै जिम्मेवार ब्यक्तिको असामयिक निधनले ठूलो चोट पर्यो । एक महिना अघिमात्र फरवार्डबाट लिएको कर्जा समेत आफ्नो टाउकामा आइपरेपछि नितुका श्रीमानमाथि अर्को पीडा थपिएको थियो । 

नितुका श्रीमान श्रीमतीको क्रियाबाट भर्खरै उठेका थिए । फरवार्डकर्मीहरु उनकै घरमा गएर नितुले लिएको कर्जा रकम भन्दा बढि आर्थिक सहयोग गरिदिएपछि नितुको परिवारले राहतको सास फेरेका छन् ।   

फरवार्डबाट नितुले लिएको ८० हजार कर्जाको जीवन विमा गरिएको थियो । उनको कर्जा चुक्ता गर्नु अगावै असामयिक निधन भएपछि फरवार्डले उनले लिएको ऋण मात्रै मिनाहा गरेन त्यसमा नितुको काजक्रिया खर्चका लागि भनेर थप १२ हजार समेत जोडेर ९२ हजार रुपैंया प्रदान गर्दा नितुका श्रीमान गोपाल फरवार्ड प्रति अनुग्रहित भए ।   

फरवार्डको शाखा कार्यालय दोधाराचाँदनीले महाकाली वार्ड नं. ४ स्थित केन्द्र नं. १ की सदस्य नितु रोक्काको परिवारमै गएर मृत्यु दावीको बीमा रकम हस्तान्तरण गर्दा श्रीमानले फरवार्डलाई मनैदेखि धन्यवाद थिए ।   

श्रीमतीको मृत्युपछि एक छोरा एक छोरीको भरणपोषण र शिक्षा दिक्षाको अभिभारा उनको टाउकोमा छ । यस्तोमा फरवार्डले ऋण नै मिनाहा गरिदिएपछि उनलाई आर्थिक सहजता भएको कार्यालय दोधाराचाँदनीका कार्यालय प्रमुख खुशिराम चौधरी बताए । ‘हामीले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन यो कार्यक्रम चलाइरहेका छौं । नितुजी समुहकी इमान्दार मेहनती नारी हुनुहुन्थ्यो ।’ फरवार्ड इलाका कार्यालय धनगढीका इलाका प्रमुख सञ्जय कुमार चौधरीले बताए । 

रकम हस्तान्तरण गर्नकालागि महाकाली वार्ड नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनार आफैं नितुको घर गएर रकम हस्तान्तरण गरे । कार्यक्रममा फरवार्ड इलाका कार्यालय धनगढीका इलाका प्रमुख सञ्जय कुमार चौधरी अन्य कर्मचारी लगायत केन्द्रका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।   

कैलालीको धनगढी एरियामा फरवार्डले ग्रामिण क्षेत्रमा रहेका महिलाको जिवनस्तर उकास्न विभिन्न लघुवित्त कार्यक्रम चलाउँदै आइरहेको छ । फरवार्डले महिला मार्फत सामुहिक जमानीमा विना धितो सुलभ रुपमा कर्जा प्रवाह गर्दा त्यस क्षेत्रका विपन्न आर्थिक अवस्थाका महिलालाई राहत भएको छ ।   

केहि समय अघि पनि फरवार्डले कञ्चनपुर बेलौरीकी एक महिला सदस्यको अकस्मात निधन भएपनि उनले लिएको सम्पूर्ण कर्जा मिनाहा गरिदिएको थियो ।   

सुनसरीको दुहवीमा मुख्य कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले देशका ४० भन्दा बढि जिल्लाहरुमा महिलाहरु लक्षित लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।   

महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सके समाज र घरपरिवारबाट हुने महिला हिँसा समेत कम गर्न सकिन्छ भन्ने फरवार्डको मान्यता छ ।  महिलाहरुलाई सामाजिक, आर्थिक तथा राजनीतिक रुपमा शशक्त बनाउँदै आएकी नेकपाकी केन्द्रिय सदस्य तथा पूर्वराज्य मन्त्री भगवती चौधरीको नेतृत्वमा रहेको फरवार्डले देशभर अढाई लाख महिला माझ लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 12 =