चात्रा खोला पुल खैरहनी नगरपालिकाले बनाउने

कार्तिक २९, चितवन ।  खैरहनी नगरपालिका ९ मा रहेको चात्रा खोलामा खैरहनी नगरपालिकालेनै पुल निर्माण गर्ने जनाएको छ ।  

खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिकको शुक्रवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख लालमणी चौधरीले सो खोलाको पुल नगरपालिकालेनै निर्माण गर्ने बताएका हुन् । 

 सडक वोर्डका कारण सो पुल निर्माण हुन सकेको छैन् । सडक वोर्डको गलत डिजाईनका कारण चात्रा खोलामा पुल निर्माण हुन नसकेको हो ।  तर अब सडक वोर्डलाई कुर्ने मनस्थितीमा नगरपालिका छैन् । सो खोलामा पुल निर्माणका लागि खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैया बिनियोजन समेत नगर प्रमुख चौधरीले बताए ।  

चात्रा खोलामा पुल नवक्दा जनप्रतिनिधीहरु प्रति वडावासी रुष्ट थिए । तपाई वडावासीहरुको समस्यामा नगरपालिका चिन्तित छ नगर प्रमुख चौधरीले भने – अव सडक वोर्डलाई कुर्दैन नगरपालिकाले यसै वर्ष पुल निर्माण सुरु गर्छ । खैरहनी ९ का वडाध्यक्ष होमकुमार पुनले जनताको काम गर्दा अख्तियार जान परेपनि अब कुनै पनि हालतका पुल निर्माण गर्ने प्रतिवद्धता जनाए ।  

सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीले चात्रा खोलामा पुल नवन्दा समस्या परेको भन्दै जनप्रतिनिधीहरुले पहल गर्नु पर्ने वताएका थिए । सहयोगी संस्था प्रफेक्ट मिडिया सोलुसनका निर्देशक विकास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय वासुदेव पौडेल, दिपा ढुंगाना,टिकेन्द्र चौधरी लगायतले पुल निर्माणमा तदारुकता देखाउन आग्रह गरे ।  

अन्य सहभागीहरुको गुनासालाई सम्वोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासीकय अधिकृत पुरुषोतम शर्माले फोहोर व्यवस्थापनमा नगरवासीहरुको सहयोग हुनु पर्ने,विकास निर्माणको काममा उपभोक्ता समिति चनाखो हुनु पर्ने धारणा राखे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *