नेपाली भूमि अतिक्रमणः हेटौंडामा पनि ‘गो ब्याक इण्डिया’ भन्दै नाराजुलुस

कात्तिक २१, मकवानपुर । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा हेटौँडामा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै विहीबार विहान विरोध प्रर्दशन गरेका हुन् ।   

उनीहरुले ‘गो ब्याक इण्डिया’ को नारा र व्यानरसहित हेटौंडा नगर परिक्रमा गरेर बिरोध गरेका हुन् । मकवानपुर बहुमुखी क्याम्पसबाट शुरु भएको र्यालीले हेटौँडा बजारका विभिन्न भागको परिक्रममा गरेको थियो । र्यालीपछि हेटौँडाको बुद्धचोकमा कोणसभाको आयोजना गरिएको थियो । सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *