विप्लवका निकट पत्रकार पक्राउ
२०७६ मंसिर २ गते

मंसिर २, काठमाडाैँ । विप्लव समूहका एक निकटका पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका प्रह्लाद न्यौपाने रहेको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनर सिंह राणाले जानकारी दिएका छन् ।
उनका अनुसार एक हप्ताअघि मुड्खुस्थित एक घरमा प्रल्हादले धम्क्याउँदै चन्दा मागिरहेको अवस्थामा उनलाई रङ्गेहात पक्राउ गरिएको हो । उनीसँगै उनको दाई रामचन्द्र न्यौपानेलाई पनि पक्राउ गरिएको हो ।
पछि उनका दाजु रामचन्द्रलाई भने सामान्य सोधपुछ पछी छाडेको डीएसपी राणाले बताए । पक्राउ परेका प्रल्हादमाथी अनुसन्धान थालिएको प्रहरील जानकारी दिएका छन् ।

२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








