मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

कात्तिक १७, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।  

मन्त्रिपरिषद्को आज बालुवाटारमा बसेको बैठकले त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल राष्ट्रिय  हृदय केन्द्रका निर्देशक समेत भइसकेका डा. कोइरालालाई केडिकल काउन्सिलको अध्यक्ष बनाएको हो ।   

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ रहिरहेकै अवस्थामा करिब डेढ घण्टा बसेको मन्त्रिपरिषद्को बैठकले अन्य केके निर्णय गर्यो खुल्न सकेको छैन । शिक्षामन्त्री गिरिराजमणी पोखरेल संयोजकत्वको समितिले डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *