डा.रुप ज्योतीलाई हिरासतमा राख्नु गलत हो: एफएनसीएसआई

कात्तिक २८, काठमाडौँ । प्रतिष्ठित उद्योगपति डा.रुप ज्योतीलाई ठगी प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा पूर्पक्षमा थुनामा राखी कारबाही अगाडि बढाउन दिएको निर्देशनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विना सूचना पक्राउ गरि हिरासतमा लिएको घटना गलत भएको महासंघको ठहर छ ।   

दुई पक्षबीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।   

उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्याई कैंयौलाई रोजगारी दिँदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडि बढाउन लगाउनु उचित नभएको तर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।   

यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्नसक्ने नकारात्मक असरलाई न्यून गर्न डा. ज्योतीलाई सम्मानपूर्वक व्यवहार गरी रिहा गर्न आग्रह महासंघले गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =