अस्वीकार गरिन् उपसभामुखले मन्त्रीको प्रस्ताव

मंसिर ४, काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले मन्त्री बन्ने प्रस्ताव अस्विकार गरेकी छिन् । उनले उपसभामुख पदबाट राजीनामा दिएर मन्त्री बन्न आएको प्रस्तावलाई अस्विकार गरेकी हुन् ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख पदबाट राजीनामा दिएर मन्त्री बन्न गरिएको प्रस्तावलाई तुम्बाहाम्फेले अस्विकार गरेकी हुन् ।
बालुवाटारमा आज बिहान तुम्बाहाम्फेलाई प्रधानमन्त्रीले राजीनामा दिन र मन्त्रीको सपथ लिन आग्रह गरेका थिए । तर उनले ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार गरेको बताईन् ।

उनले भनिन् ‘म आज मन्त्रीको सपथ लिन्नँ, यत्ति कुरा बुझ्नुहोस् ।’ उनले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सिमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने बताईन् ।
हाल मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको छ ।








