भतिजो जन्मेर अत्यधिक खुसी भएका किशोरलाई जलाएर हत्या

मंसिर ९, भारत ।  भारतको पंजाबस्थित मानसा जिल्लामा एक दलित किशोर (१६) लाई जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । किशोर आफ्नो भतिजो जन्मेकोमा अत्यधिक खुसी हुँदै मानिसहरुलाई यसको जानकारी दिइरहेका थिए ।  यस्तै, मृतकको परिवारको उजुरीपछि पुलिसले तीनजनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यद्यपि, अहिलेसम्म कसैको गिरफ्तारी भएको छैन । 

मृतक दलित किशोरको पहिचान जसप्रित सिंहको रुपमा भएको छ । उनी मजहबी सिख (दलित) परिवारका हुन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसप्रित सिंहका दाइ कुलविन्दर सिंहले २ वर्ष अघि छिमेकी युवतीसँग भागेर विवाह गरेका थिए । उनीहरु आफ्नो घरभन्दा टाढा बस्दथे ।  हालै, यी दुईले बच्चा जन्माएका थिए । 

स्रोतका अनुसार युवतीका दाइ जश्नप्रीत, काकाका छोरा गुरजित सिंहविरुद्ध आरोपपत्र दर्ता गरिएको छ । यस्तै अर्का तेस्रो आरोपी राजूले किशोरको हात बाँधेर उनीमाथि पेट्रोल फ्याँकेका थिए । जिउँदै जलाएपछि किशोरलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । 

Image result for जलाएर हत्या

मृतकका पिता सूरत सिंह (५५) ले भने, ‘जसप्रितको एउटै मात्र दोष थियो । उसले दाइको छोरा जन्मिएको भन्दै मानिसहरुलाई बताइरहेको थियो । हामीले उनीहरुलाई घर फिर्ता बोलाउने बारे सोचिरहेका थियौं ।’ उता डिएसपी सुरेन्द्र शर्माले घटनाको अनुसन्धान चलिरहेको र आरोपीलाई चाँडै नै पक्राउ गरिने जानकारी दिएको बताइन्छ ।   एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =