राशिफल र पञ्चांगः यसरी बित्ने छ तपाईँको दैनिकी

मंसिर १३, काठमाडौँ । वि.सं. २०७६ मंसिर १३। शुक्रबार। इ.स. २०१९ नोभेम्बर २९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। तृतीया, १९:०१ उप्रान्त चतुर्थी। नक्षत्र– मूल, ९:३६ बजेउप्रान्त पूर्वाषाढा। योग– शूल, १७:३० बजेउप्रान्त गण्ड। करण– तैतिल, ७:०३ बजेदेखि गर, १९:०१ बजेउप्रान्त वणिज। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:३६ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ५ पला। 

मेषशुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ । 

वृषराजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । फलदायी यात्रापनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । 

null

मिथुनधार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । 

कर्कटप्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । 

सिंहआज अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । 

कन्याअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोगपनि मिल्ला । 

तुलादाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । 

वृश्चिकआज मंगल कार्यको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला । 

धनुनयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । 

मकरमहत्त्पूर्ण अवसर गुम्न सक्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला, तर मनोरञ्जनमा सहभागी भइएला । 

कुम्भआँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

मीनअनुहारमा कान्ति र मनमा शान्ति छाउला । बौद्धिक काममा सफलतापनि मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =