समाजिक क्षेत्रमा कृयाशिल बन्दै साईनो

कार्तिक २०, काठमाडाैँ ।  महानगरीय प्रहरी प्रभाग बलम्वु र रिलेशन अफ ह्युमेनिटि साईनोले चन्द्रागिरिको मातातिर्थमा रहेको बृद्धा आश्रमा एक दिने भोजन कार्यक्रम सम्पन्न भएको छ । 

समुदाय प्रहरी साझेदारी अन्तर्गत साईनोको सहकार्यमा म बाँचेकै सबैलाइ माया गर्न,म बाँचेकै मानब्ता जोगाउन, आउनुस एक छाक तपाईं छोड्नुस एक छाक म छोडौला अनि देखिनेछ मन्द मुस्कान ती हरेक भोकले सोकमा परेका नेपालीहरुको ओठमा भने नाराको साथ एक दिने वृद्धाआश्रमका आमाहरुलाई खान खुवाउने कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रमका संयोजक अविषेक श्रेष्ठले समाजको रुपान्तरण आफै वाट हुनु पर्ने बताउदै समाजमा भएका बिकृतिहरुलाई हटाउदै सोच्छ समाज निमार्ण अभियानमा लाग्ने बताए । 

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काले समुदाय प्रहरी साझेदारी मार्फतनै समाजमा भएका हरेक गतिविधिहरुलाई निराकरण गर्दे जाने र हरेक सामाजिक गतिविधिलाई सवैको साथ र सहयोगबाट अगाडी बढाउने बताए । 

साईनोले देशका विभिन्न उत्पिडनमा परेका वर्ग समुदायका लागि काम गर्ने लक्षका साथ अगाडी वढी रहेको छ । केहि महिना अगाडी मात्र उक्त समुहले चेपाङ्ग वस्तिका वालवालिकाहरुलाई शैक्षिक समाग्री लक्ता कपडा समेत वितरण गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *