भुपेन्द्रको निर्देशनमा ‘हाउ लुङ्वा’ सार्वजनिक (भिडियो सहित)

मंसिर ९, काठमाडाैँ । गायक राज लिम्बुले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘हाउ लुङ्वा’ सार्वजनिक गरेका छन । यसघि यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत “ बुझिदेउ “ बाट चर्चा कमाएका गायक लिम्बुको यो दोस्रो म्युजिक भिडियो हो ।
‘हाउ लुङ्वा’ गीतमा नेपालको पुर्वी भागको चलन र संस्कारमा रहेको लिम्बु जातिको को संस्कारमा आधरित नाच ‘धाननाच’ र गाउने गीत ‘पालाम’ को कुराको वर्णन लाई अलिकति फ्युजन नयाँ तरिकाले प्रस्तुत गरिएको छ।
यस गीतमा स्वर , शब्द र संगीत गायक राज लिम्बुको रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन। म्युजिक भिडियोमा रुकमान लिम्बु र प्रिया लिम्बुको अभिनय रहेको छ । अनिल रानाले भिडियो सम्पादन गरेका हुन ।

भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा तयार पारिएकाे यस म्युजिक भिडियोलाइ राज लिम्बुको अफ़िसिएल युट्युव च्यानल मार्फत सार्वजनिक हाे । भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।
भिडियाे हेर्नुस्
https://youtu.be/H1QCZB2NAwk








