प्रदेश नम्बर ५ कोे मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कार्तिक १९, काठमाडौँ ।  सोमबार साँझ बसेको  प्रदेश नम्बर ५ सरकारको मन्त्रिपरिषद् बैठकको चार वटा निर्णय सार्वजनिक भएको छ । 

बुटवलमा पत्रकार सम्मेलनगरी उक्त चार निर्णयहरु सार्वजनिक गरिएको हो । उक्त बैठकले सञ्चार प्रतिष्ठानमा अनुप बाँस्कोटालाई नियुक्त गरेको छ । 

सार्वजनिक गरिएको उक्त बैठकको निर्णयमा उद्योग बन तथा पर्यटन मन्त्रलायले दर्ता गर्ने प्राईभेट फर्म नियावली २०७६ लाई पनि स्वीकृत दिएको छ । जस अनुसार फर्म दर्ता गर्दा महिला, दलित, अपाङ्गलाई ५० प्रतिशत छुटको व्यवस्था छ। 

त्यसैगरी बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरपूर्वका सटरहरु भत्काउन पनि स्वीकृति दिनुको साथै प्रदेशमा ६ वटा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरी सञ्चालन गर्ने सरकारको निर्णय गरेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *