गर्भपतन गराएको आरोपमा अदालतकै कर्मचारीलाई पक्राउ पुर्जी

मंसिर ६, धनगढीमा । कैलालीमा जबरजस्ति गर्भपतन गराएको आरोपमा अदालतकै एक कर्मचारीलाई पक्राउ गरी जारी गरिएको छ ।  

 जिल्ला अदालत कैलालीका श्रेस्तेदार भुवन गिरीलाई आफ्नै कान्छी श्रीमतीलाई जबरजस्ति गर्भपतन गराएको आरोपमा  पक्राउ पुर्जी जारी गरिएको हो । 

बुधबार नेपालगञ्जकी एक महिलाले आफू  गिरीको कान्छी श्रीमती भएको र आफूसँग २ वर्ष अघी बिवाह गरेकाे र आफूलाइ २ चोटी गिरीले गर्भपतन गराएको प्रहरीमा जाहेरी दिएपछी अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जानकारी दिएको छ। 

ती महिलाले आफूलाई गिरीले पहिलो बिवाहबारे जानकारी नगराई झुक्काएर बिवाह गरेको समेत दावी गर्दै इच्छाविपरित यौन सम्पर्क गरेको र गर्भ बसेपछि जबर्जस्ती गर्भपतन गर्न लगाएको आरोप लगाएकी छिन् ।   

हाल फरार रहेका गिरीको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =