नेपालको एक इन्च पनि जमिन छोड्दैनौँ: प्रचण्ड

कार्तिक २५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानी, लिम्पियाधुरा र लिपुलेक विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन् ।   

भारतले पछिल्लो समय नेपालको विवादास्पद क्षेत्र कालापानी आफ्नो नक्सामा समेटेपछि अहिले विवाद चुलिएको छ । राजनीतिक दल देखि सर्वसाधारणसम्म यसले हलचल ल्याएको छ ।   

राजधानी लगायत देशका विभिन्न भू–भागमा दिनहुँजसो प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा उत्रिएका अधिकांशले कालापानी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सरकारलाई आग्रह गरिरहँदा   

Image result for प्रचण्ड

राज्यव्यवस्था समितिले भारतले नेपालको सीमा मिचेको विषयमा आज राखेको छलफलमा अध्यक्ष प्रचण्डले उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका हुन् ।   

बैठकमा प्रचण्डले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नगर्दा नै राम्रो हुन्छ । पहिले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रष्ट कुरा राख्नु उचित हुन्छ । यदि गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला।’ अन्तर्राष्ट्रियस्तरमा लैजाँदा समाधान हुनुको साटो झन समस्या थपिने उनकाे भनाइ छ । 

उनले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले  भारतसँग गम्भीर वार्ता गर्ने उपयुक्त समय आएको बताए। 

‘विगतमा स्थिर प्रकृतिको सरकार नहुँदा यस्ता समस्या देखिएको हो । नेपालको एक इन्च पनि जमिन छोड्दैनौँ र अर्काको भूमि पनि लिँदैनौँ’, उनले भने ।   

बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलका लागि बोलाएको थियो । तर प्रम ओली उपस्थित भएनन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =