अनुसन्धान भन्छ– बियर स्वास्थ्यका लागि फाइदाजनक, टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो

मादक पदार्थ स्वास्थका लागि हानिकारक छ, भनिन्छ । मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् ।   

बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बनाइन्छ ।   

बियरले टाउको दुखाइमा ‘पेनकिलर’ काम समेत गर्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले प्यारासिटामोल भन्दा बियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ ।   

Image result for बियर स्वास्थ्य

उक्त अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले प्यारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपी, बियरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । बियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ । 

अनुसन्धानकर्ताहरुले २ गिलास बियर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन् । यसको तुलना कोडेन जस्ता ओपिओयड ड्रग्सको पनि गरिएको थियो जसले प्यारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ । 

यदि रगतमा ०।०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ । साथै, बियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ । 

यसका अन्य फाइदाहरु पनि छन् ।   

मृगौलामा भएको पत्थरीका लागि हरेक हप्ता १ बोतल बियर पिउँदा पत्थरी पग्लिएर पिसाबबाट बाहिर निस्किन्छ ।   

हप्तामा दुई पटक बियर शेवन गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । बियरले रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ । 

व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्माइरको समस्या बढिरहेको छ । अल्जाइमरको समस्यामा हप्तामा एकपटक बियर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ ।   

बियरमा पाइने फाइबरले पेटमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले गर्दा पाचन शक्ति बढ्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *