भगवती चौधरी सहित नेकपाका तीन केन्द्रिय सदस्य अध्ययनका लागि ब्राजिल प्रस्थान

कात्तिक १५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य, पूर्वराज्यमन्त्री तथा महिला आर्थिक शशक्तिकरणकी अभियान्ता भगवती चौधरी एक महिने अध्ययनका लागि ब्राजिल लागेकी छिन् ।   

सामाजिक राजनीतिक, सैद्धान्तिक तथा ब्यवहारिक अध्ययनका लागि नेतृ चौधरी ब्राजिल लागेकी हुन् । भगवती चौधरीसँगै नेकपाका अन्य तीन जना केन्द्रिय सदस्यहरु समेत छन् । ब्राजिल जानेहरुमा चौधरीसँगै पूर्व सांसद लालबहादुर थापा, नेकपाका केन्द्रिय सदस्य सांसद राजेन्द्र सिं रावल र केन्द्रिय सदस्य सांसद अञ्जना विसंखे ब्राजिल अध्ययनका लागि लागेका छन् ।   

ब्राजिलको फ्लोरस्तान फर्नांडिस नेशनल स्कूलको आयोजनामा हुन गइरहेको कार्यक्रममा विश्वका २० वटा देशहरुका प्रतिनिधिहरुको सहभागीता रहने नेतृ भगवती चौधरीले बताइन् । कार्यक्रममा नेपालका प्रतिनिधिहरुले एक महिनासम्म त्यहाँको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाका बारेमा अध्ययन गर्नेछन् भने, नेपालमा उनीहरुले हासिल गरेका अनुभवहरु समेत प्रतिनिधि माझ शेयर गर्नेछन् । ‘यो अध्ययनले हामीलाई विकासशिल देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था बुझ्न सहयोग पुग्छ भने, हामीले यहाँ हासिल गरेको अनुभव समेत कार्यक्रममा सहभागीहरु माझ प्रस्तुत गर्न पाउँछौं ।’ भगवती चौधरीले बताइन् ।   

Image may contain: 3 people

नोभेम्बर ३ देखि २८ सम्म हुने अध्ययन भ्रमणमा उनीहरुले सोसियोलिस्ट माक्र्सिस्ट थ्यौरी अध्ययन तथा शेयरिङ हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *