प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिरः अस्पताल

मंसिर १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रि.वि. शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यवस्था स्थिर रहेको जनाएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाए ।
आज विहान प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि आकस्मिक शल्यक्रिया गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको हो ।
सोमबार रातीबाटै पेट दुखेपनि प्रधानमन्त्री ओलीलाई मंगलवार बिहान अस्पताल भर्ना गरिएको थियो ।
परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । त्यसपछि तत्काल आकस्मिक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।








