धरानकी आशमायाले १५ थान चिम प्रदान गरी जन्मदिन मनाईन्

मंसिर ९, धरान जन्मदिन सबैले फरक-फरक किसिमले मनाउ“छन् । कसैले केक काटेर, कसैले भोज भतेर गरेर त कसैले गरिबलाई लत्ताकपडा र खानेकुरा बाँडेर तर धरान–५ तल्लो देउराली निवासी आशमाया लिम्बूले आफनो जन्मदिन अलि फरक काम गरेर मनाएकी छिन ।   

लिम्बुले आफनो जन्मदिनको अवसरमा बिजुलीको पोलका लागी चिम प्रदान गरेर जन्मदिन मनाएकी हुन । धरान ५ फक्ताङलुङ मार्ग र सेवा लाममा रहेकोे १५ थान बिजुलीको पोलको लागि लिम्बुले सि फ एल चिम प्रदान गरेर जन्मदिन मनाएकी हुन ।   

उनले आफनो जन्म दिनमा बिजुली चिम वितरण ‘हामी सबैले जन्मदिनको अवसरमा एउटा बिजुली पोलमा एउटा मात्र बिजुली बत्ती बाल्न सके कसैलाई बिजुली बत्तीको लागि हात जोड्नु पर्दैनथ्याे होला भन्दै सबैको मन छुने कुरा गरीन् ।’ लिम्बुले यस्तो कार्यले सडक उज्यालो हुनुको साथै सबैलाई आवत जावत गर्न पनि सजिलो हुने उनले बताइन् ।  

कार्यक्रममा स्थानीय टोलवासीहरुको उपस्थिति संगै खुशी भएका थिए । उता स्वीडेनमा कार्यरत धरान १६ का सुवास अधिकारीका परिवारले सरकारी स्कुललाई इन्टरनेट जोडी दिएका छन । सुवासकाे परिवारले  विद्यालयलाई सहयोग गर्नुका साथै ईन्टरनेट जडान गरिदिएका हुन । 

धरान–१६ स्थित श्री पञ्चायत आधारभूत विद्यालयका इन्टरनेट जडान गरिदिएका हुन् । विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं वर्तमान व्यवस्थापन समिति सल्लाहकार सदस्य नगेन्द्रप्रसाद अधिकारीका छोरा सुवास, बुहारी सोमा अधिकारीको सहयोगमा इन्टरनेट जोडिएको प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन ।   

उनले वर्षेनी इन्टरनेटमा लाग्ने चार्ज पनि तिरिदिने घोषणा गरेको प्रधानाध्यापक भट्टराई जानकारी दिएका छन् । ‘इन्टरनेट हुँदा विद्यार्थीलाई केही नयाँ कुराको ज्ञान नहुँदा समस्या थियो, अब इन्टरनेटमै विषयगत कुराहरू चित्र सहित देखाउदै पढाउन सकियो भयो’, प्रधानाध्यापक भट्टराईले भने  । विद्यालयलले अधिकारी परिवारको प्रसंसा समेत गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *