‘जुत्ता चप्पल व्यापार मेलामा मुख्य ब्राण्डहरु एकै ठाउँ, ७० प्रतिशसम्म छुट

मंसिर ९, काठमाडौं । नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपमा भैरहेको  ‘जुत्ता चप्पल व्यापार मेलामा नेपाली ब्राण्डहरुको उल्लेख्य सहभागीता रहेको छ । जहाँ उपभोक्ताले ७० प्रतिशत सम्म छुट पाइरहेका छन् ।   

बलिया, सस्तो र आकर्षक चुत्ताचप्पलहरु एउटै छानामुनी पाइने भएपछि चुत्ताचप्पल किन्ने ग्राहकको भीड लागेको छ ।  मंसिर ६ गतेदेखि जारी मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् ।   

मेलामा मुख्य ब्राण्डहरुका चुत्ताचप्पलहरु बलियो, आकर्षण र सस्तोमा राखिएकोले ग्राहकहरुको भीड लागेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए । ‘मेलाको उद्देश्य भनेको ग्राहकको सन्तुष्टि हो ।’ उनले भने । 

मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता उपलब्ध छन् । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 

उपभोक्ताले जुत्ताचप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाई लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध छ ।   

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल छन् । मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिला पुरुष दुवैका लागि सिजनल बुटहरु पनि छन् । 

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका  अध्यक्ष  प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए ।  जुत्ता उत्पादक कम्पनीले हिउँदलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध छन्  । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =