दुई हजार बढीले अवलोकन गरे प्रथम साईन्स स्याम्ड

मंसिर ४, धरान । शैनिक आवासिय महाविद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड कम जेनेरल प्रदर्शनी–२०७६ सम्पन्न गरेको छ । प्रदर्शनीमा विद्यालयका विद्यार्थीहरु स्वयंले स्टल राख्ने, उदघोषण, स्वयम् सेवक परिचालक देखि व्यबस्थापन समेत गरेका थिए ।
प्रदर्शनीमा बिज्ञान, कला संस्कृति, विभिन्न जनजातिका भेषभुषा, लोपोन्मुख विभिन्न बाजागाजा, महाविद्यालय, नेपाली सेना, राष्ट्रिय सेवा दल, नेपाली, अंग्रेजी, गणित, कम्प्युटर तथा सामाजिक सांस्कृतिक विषयसँग सम्बन्धि ३० वटा स्टलहरु थिए ।
कार्यक्रम अवलोकन गर्न इटहरी, धरान लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई आएका थिए । विद्यार्थीहरुको प्रथम प्रयासलाई अझ सार्थक बनाउन आगामी वर्षहरुमा झन परिस्कृत कार्यक्रम गर्ने महाविद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कराते, तेक्वान्दो खेल पनि प्रर्दशन गरेका थिए । दुई दिनसम्म चलेको कार्यक्रममा महाविद्यालयका विद्यार्थी, अभिभावक, लगायत २ हजार भन्दा बढीले अवलोकन गरेका थिए ।








