इमरान भन्छन् नाबालिगले उनकाे फिल्म नहेरुन्

मंसिर १२ ।  बलिउड अभिनेता इमरान हाशमी आजकाल रिलिजको संघारमा रहेको आफ्नो फिल्म ‘द बडी’ को प्रोमोशनमा जुटेका छन् । फिल्मको प्रामोशनल अन्तर्वार्ताको क्रममा मिडियासँगको कुराकानीमा जब इमरानलाई नाबालिगहरुले के हेर्नुपर्छ भनेर प्रश्न गरियो तब उनले बच्चाहरुले के हेर्ने भनेर जवाफ त दिएनन् तर उनीहरुले के चाँही हेर्नुहुँदैन भनेर बताए । 

इमरानले भने, ‘म यतिमात्रै भन्छु कि जो नाबालिग छन्, उनीहरुले मेरो फिल्म कहिले पनि नहेरुन् । मेरो फिल्म द बडी पनि ‘ए’ सर्टिफिकेट फिल्म हो, बच्चाहरुले यो फिल्म हेर्न सक्दैनन् । यस्तै हाम्रो फिल्म निकै रमाइलो छ जुन हेरिराख्दा दर्शकले अब के होला भनेर थाहा नै पाउन सक्दैनन् ।’ 

इमरानलाई फिल्म इन्डष्ट्रिमा के कुरा परिवर्तन गर्न चाहनुहुन्छ भनेर प्रश्न गर्दा उनले भने, ‘हेर्नुहोस्, यहाँका सबै मानिसहरु एकै प्रकारका छैनन् तर मलाई लाग्छ कि बलिउडमा केही मानिसहरुमा अनुशासनको कमी छ ।’ 

Image result for इमरान हाशमी

के कलाकारले रोल पाउनका लागि निर्देशकको झुटो तारिफ गर्छन् ? पत्रकारको यस्तो प्रश्नको जवाफमा उनले भने, ‘हो, पक्कै पनि । सेटमा कहिलेकाँही कामका लागि निर्देशकको झुटो तारिफ गर्नुपर्छ ।’ 

द बडीको निर्देशन जितू जोसेफले गरेका छन् । फिल्ममा इमरान हाशमीबाहेक ऋषि कपुर महत्वपूर्ण भूमिकामा छन् । यो फिल्म डिसेम्बर १३ मा रिलिज हुँदैछ । यो फिल्म सन् २०१२ मा रिलिज भएको स्प्यानिश फिल्म ‘द बडी’ को हिन्दी रिमेक हो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =