ससुराली जाँदै गर्दा नदीले बगाएर बेपत्ता
२०७६ कार्तिक १९ गते

कार्तिक १९, उदयपुर । गएराती ससुराली घर जाँदै गरेकाे एक व्यक्तिलाई नदी तर्ने क्रममा त्रियुगा नदीले बगाएर बेपत्ता बनाएको छ ।
ससुराली घर उदयपुर जाँदै गरेका खोटाङका ४० वर्षीय सुवास विकलाई त्रियुगा नदीले बगाएर बेपत्ता बनाएको हो प्रहरीले जनाएको छ ।
रातको करिब ८ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगढमा रहेको ससुराली घर जाँदै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा उनलाई नदीले बगाएर बेपत्ता बनाएको हो ।

हाल उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








