चितवन प्रहरीको सक्रियता, राप्तीमा ७९ विगाहाको गाँजाखेती नष्ट

कार्तिक २५, चितवन । चितवनको राप्ती नगरपालिकाको पहाडी वडाहरुमा व्यापक मात्रामा गाँजाखेती हुने गरेको पाईएको छ ।   

भौगोलिक अवस्थाका कारण सुरक्षा निकायको पहुँच पुग्न नसकेको राप्तीको वडा नम्वर १२ र १३ मा अन्य खेती भन्दा गाँजाखेतीले स्थान पाईरहेको छ । ती वडाहरुमा प्राय सबैको जग्गामा गाँजाखेती हुने गरेको प्रहरीले सञ्चालन गरेको गाँजा फडानी अभियानले देखाएको छ ।   

जिल्ला प्रहरी कार्यालय र यसका मातहतका ईकाईहरुले ५ दिन लगाएर राप्तीका २ वटा वडामा करिव ७९ विगाहा जग्गामा लगाईएको गाँजा नष्ट गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार दिएको जानकारी अनुसार यही कार्तिक २० गतेदेखि २४ गतेसम्म ५ दिनमा सो परिणामको गाँजाखेती नष्ट गरेको हो ।   

राप्ती १२ र १३ का विभिन्न स्थानमा अवैध रुपमा लगाईएको गाँजाखेती इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षकको कमाण्डमा खटिएको ६७ जना प्रहरी टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले बताए ।   

पहिलो दिन कार्तिक २१ गते राप्ती १२ को ठकुरी भज्याङमा ८ विगाहा, कार्तिक २२ गते राप्ती १३ को कालिटार, कालिखोलामा २५ विगाहा, कार्तिक २३ गते राप्ती १३ को कालिखोला, धानगिरीमा १६ विगाहा, कार्तिक २४ गते राप्ती १३ को च्युदी, तापन, कालीखोला, धावनगिरीमा ३० विगाहा गरि कुल ७९ विगाहा जग्गामा लगाईएको गाँजाखेती नष्ट गरिएको थियो ।   

करिब २ महिना अघि पनि प्रहरीले करिब २० विगाहा भन्दा वढि गाँजाखेती नष्ट गरेको थियो । भौगोलिक विकटताका कारण त्यस क्षेत्रमा तस्करहरुले स्थानीयलाई प्रलोभनमा पारि वर्षौदेखि गाँजाखेती गर्दै आएको छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =