सुनको भाउ ह्वातै घट्यो, किन्ने होईन् ?
२०७६ मंसिर १० गते

मंसिर १०, काठमडौँ । केही दिन देखी निरन्तर ओरालो लागेको सुनको भाउ मंगलबार पनि ओरालो लागेको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
सोमबार प्रतितोला ७१ हजार ६ सय कायम भएको छापावाल सुन आज प्रतितोला ७१ हजार २ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ९ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

२०७६ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








