धरानमा व्यापारीहरु पनि चुनावी मैदानमाः नेकपाकै जित हुने दावी

मंसिर ८, धरान ।  कैलास अग्रवाल धरानका पुराना व्यापारी हुन् । शनिबार अग्रावाल निकै व्यस्त देखिए । नेकपा उम्मेद्धवार प्रकाश राई सहितको व्यापारीहरुको टोली लिएर घरदैलोमा व्यस्त थिए। उनी धरान –२ स्थित मतदाताको घरदैलोमा सुर्यध्वजा बाहक उम्मेद्धवार प्रकाश राईलाई बिजय गराउन व्यापारीहरुलाई आग्रह गर्दै हिडिरहेका थिए ।  

उनले भने ‘व्यापारी व्यवसायीको हि तगर्ने पार्टी नेकपा हो, धरान र व्यापारीको हितमा नेकपाले काम गरेको भुल्नु हुन्न, त्यसैले सुर्यमा मतदान गरौ, यसैमा हाम्रो भलो हुनेछ। ’अग्रवाल मात्रै होइन धेरै व्यापारीहरु सुर्यध्वजा बाहक उम्मेद्धवारलाई बिजय गराउन धरान २ का व्यापारीहरु निस्किए ।  

उनी जस्तै अर्का व्यापारी एवम् सुनसरी उद्योग बाणिज्य संघका भूपु अध्यक्ष गौरी शंकर अग्रवाल पनि नेकपाको चुनाबी घरदैलो अभियानमा नै दिनभरी व्यस्त रहे । उनले भने,‘ धरानको आमुल परिवर्तनको लागि शसक्त उम्मेद्धवार नेकपाको उम्मेद्धवार नै भएकाले सबै व्यापारी र व्यवसायीले प्रकाश राईलाई जिताउनु आवश्यक छ ,किन की सबै व्यापारीको साँझा उम्मेद्धवार नै नेकपाको उम्मेद्धवार हो। धरान र व्यापारीको हितको लागि नेकपामाको उम्मेद्धवारले सहयोग गर्ने भएकाले जिताउनु पर्ने उनको भनाई रहेको छ । 

धरान ३ कै सोमनाथ अग्रवाल पनि नेकपालाई मत दिएर उम्मेद्धवारलाई जिताउनु पर्ने धरानको आवश्यकता भएको बताउँछन् । उनले भने, बितगमा पनि सूर्यमा नै भोट हाल्दै आएको र अब पनि नेकपालाई जिताउनु जरुरी देखिन्छ, अरु दलका उम्मेद्धवारको झठो आश्वसनमा परी भ्रममा नपर्न पनि आग्रह गर्दछु। ’घर दैलो अभियानमा रहेका नेपाल कम्युनिष्ट पाटी धरान उमहानगरका नगर सदस्य राजमणि निरौलाले धरानका व्यापारी र व्यावसायी समेत नेकपाको पक्षमा भएकाले मंशीर १४ गते हुने उप निर्वाचनमा जित सुनिश्चित भएको बताए । उनले भने, व्यापारीको शान्ति सुरक्षा गर्ने पाटी भनेको नै नेकपा हो, अर विकल्प छैन। 

धरानको व्यापारीहरुको लागि सुरक्षा दिने, रोजगारीको व्यवस्था व्यापार व्यवसाय प्रर्वधन गर्न सक्ने, कार्य सम्पादन र योजना बनाएर अघि बढ्ने पार्टी नै नेकपा भएको व्यापारी व्यावसायीले चुनावमा सूर्यलाई मतदात गर्न आग्रह समेत निरौलाले गरेका छन् । नेकपाको चुनावी घरदेैलो जारी रहेको छ । बुधबार नेकपाको उम्मेद्धवार सहित धरान वडा नम्बर २ मा घरदेैलो अभियान गरेको छ ।     

यसैबीच आगामी मंशीर १४ गते हुने उप निर्वाचनबाट नेकपाका उम्मेद्धवार प्रकाश राईलाई जिताउनको लागि धरानका बाैद्धिक क्षेत्रका व्यक्तीत्वहरुले प्रतिवद्धता जनाएका छन् ।   

शनिबारै नेकपाको पाटी कार्यालयमा वौद्धिक जमातको भेलाबाट सो प्रतिवद्धता जनाएका हुन् ।नेकपाका  नेता धर्मराज निरौलाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको भेला भएको हो ।  बाैद्धिक जमातमा आबद्ध बिभिन्न पेशाकर्मी, वकिल, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको भेला भएको थियो । 

 भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथी निरौलाले सूर्य ध्वजावाहकका उम्मेद्धवारको बिजय सुनिश्चित भइसकेकोले बिपक्षी पाटीका उम्मेद्धवारले विभिन्न आरोप प्रत्यारोप गरेपनि कुनै तकु नभएको बताएका छन् । भेलामा बाेल्दै राम बहादुर विष्टले नेकपाको जित निश्चित भएकाले विपक्षीहरु अतालिएको दाबी गरे ।  

उनले भने २५ हजारको भारी मताको अन्तरले नेकपाका उम्मेद्धवार प्रकाश राईले विजय हासिल गर्ने पनि बताए । त्यसैले चुनावी मैदानको युद्धमा अबको ६ दिन सम्पुर्ण बाैद्धिक वर्गहरु एक भएर लाग्नु पर्ने पनि विष्टले आग्रह गरेका छन् । भेलामा नेकपाका नेता गुरु बराल, जिल्ला सुनसरी सदस्य मुरारी सुवेदी, वेण काफ्ले लगातयका नेताहरुले सम्बाेधन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =